बाढीले बाँध भत्काएपछि विद्युत् आपूर्ति पूरै बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले डोल्पाको छलगाड खोलामा आएको बाढीले छलगाड लघुजलविद्युत् आयोजनाको बाँध भत्काएको हो । त्रिपुरासुन्दरी नगरपालिका–१ लोकामा बाढीले झन्डै ५० मिटरभन्दा बढी बाँधलाई कटान गरेपछि ३५ किलोवाट क्षमता भएको लघुजलविद्युत् आयोजनाको विद्धुत आपुर्ती बन्द भएको हो । आयोजनाले नगरका ३ सय ५० घरधुरीलाई विद्युत् आपूर्ति गर्दै आएको थियो । बाढीले झन्डै ३० लाख बराबरको क्षति पु¥याएको अनुमान गरिएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा त्रिपुरासुन्दरी नगरपालिकाका कार्यालय तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । बाढीले क्षति ठूलै पुर्‍याएको र बाढीको बहावसमेत बढेकाले पनि तत्काल बाँध मर्मत तथा पुनर्निर्माण सम्भव नभएको त्रिपुरासुन्दरी नगरपालिकाका इन्जिनियर सन्त सार्कीले बताए