काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा नै कारोबारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा नै भइरहेको छ ।
त्यस्तै, लगातारको साताझैं आज पनि चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको छ।










