दमक/ पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर झापाको दमक स्थित भृकुटी आधारभूत विद्यालय परिसरभित्र सोमबार बिहान बृक्षारोपण गरिएको छ ।
शसस्त्र आन्दोलनको क्रममा बेपत्ता पारिएको झापा दमकका युवाहरुको सम्झनामा स्थापना गरिएको पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानको आयोजना बृक्षारोपण कार्यक्रमको आयोजना भएको थियो ।
प्रदेश साँसद अर्जुन राइ र झकलसिंह दर्लामी, नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, माओबादी नेता गगन पुरी लगायका उपस्थितिमा बृक्षारोपण भएको थियो ।
झापा दमक १ का पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत जनयुद्धमा राज्यद्वारा वेपत्ता वनाइएका थिए । उनीहरूलाई तत्कालीन सेनाको भैरवनाथ गणवाट २०६० मा वेपत्ता वनाइएको बताइदै आएको छ। उनीहरू सहोदर दाजुभाइ हुन्। पुष्पलाल दिवसको अवसर पारेर पुष्प र धीरेन्द्रको सम्झनामा वृक्षरोपण कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले वताए।











