काभ्रे–टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले टिप्परमा आगजनी गरी जग्गाजाम गरेका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम खुलेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिप्परले ब्याक गरेर मारेको स्थानीयको आरोप छ।

दुर्घटनापछि करिब एक घन्टा राजमार्ग अवरुद्ध बनेको छ।

उपत्यकामा टिप्परका कारण दुर्घटना बढेपछि बेलुका ८ बजे अगाडि चलाउन रोकिएको छ। काभ्रेमा पनि धेरै दुर्घटना टिप्परकै कारण हुने गरेका छन्।