दमक/झापाको दमकमा छोटो समयमा नै खेलकुद अन्र्तगत रनमा आफ्नो पहिचान स्थापित गराउन सफल बनेको दमक रनको नयाँ नेतृत्वमा दमकका सफल युवा ब्यवसायी दिवस राइ चुनिएकाछन् । पहिलो साधरणसभाले राइको अध्यक्षतामा नयाँ समिति बनाएको हो ।

दमक रनले सल्लाहाकार सहितको नयाँ समिति बनाएको छ ।  निवर्तमान अध्यक्षमा सन्दिप राइछन् । यसैगरी उपाध्यक्षमा सुधिर प्रधान ,सचिवमा कृष्णराज दाहाल,सहसचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा बस्नेत र सहकोषाध्यक्षमा ममता रञ्जितकार रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१९ सदस्यीय निर्वाचित समितिको सदस्यहरुमा रन्दिप राई,रक्कि धिमाल,प्रकाश आरडी,केदार बस्नेत,,जिवन चुडाल,भविन राई,बमबहादुर चौहान,विजयकुमार राई,राजेन्द्र दंगाल,नविन तामाङ र शंकर विश्वकर्मा रहेका छन् । सल्लाहकार समितिमा राजेन्द्र राई,राजेश रार्य,चैतन्य वराल र दिपेन्द्र दाहाल रहेका छन्