टीकाराम नेती झापाको कन्काइमाइ नदिको किनारमा चिता बनाइ रहेका थिए , आमालाइ खोलामा लडाइ रहेका थिए छोरा चुडामणी हतासमा रुदै आमा अम्बिका चिमोरियाको लास तर्फ जाँदै थिए एक्कासी मलामी र आफन्तले दागवत्ति दिन गएका छोरामाथी हातपात गरे र त्यहाँवाट लखेटे ।
आइतवार झापाको कन्काइमाई खोलामा अन्तिम दाहसंस्कार गर्न लगीएकि वुद्धशान्ति गाउँपालिका जयपुरकि अम्विका चिमोरियाको एकमात्र छोरा झापा सदरमुकाम स्थित विरेन्द्र उच्चमावीका शिक्षक चुडामणी चिमोरियाले आमालाइ दागवत्ति दिनवाट समेत रोकेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी समेत दिएका छन् ।
घटना विवरण अनुसार आइतवार कन्काइमाइ नदिमा आमाको दागवत्ती दिन गएका चुडामणीलाइ वाचुन्जेल रेखदेख नगरेकोले मरेपछि दागवत्ती दिन कुनै अधिकार नभएको भन्दै सहोदर वहिनि तथा मामाका छोराले मलामीको सहयोगमा घाट वाटै लखेटेको प्रत्यक्षदर्सीले वताएकाछन् । घाट पुगेका छोरा र मलामी विच घम्साघम्सि र खेदाखेद भएको थियो । हामी त्यहाँवाट नभागेको भए हामीलाइ मार्ने थिए चुडामणी सँग गएका छिमेकि मलामी उद्धव प्रसाद पराजुलीले वताएका छन् ।
घाट वाट प्रहरीको सहयोगमा चुडामणी १५ किमि टाढा रहेको देवनियाँ खोलामा आएर कपाल खौरिएर सेतो कपडा लगाइ आफ्नै घर भद्रपुर नगरपालिका चैतुमन्दिरमा किरिया वारेर वसेका छन् । उता छोरी ज्वाइले समेत आफ्नै घरमा किरिया वारेर वसिहेका छन् ।
मृतककि छोरी राधिका उप्रेतिका अनुसार आमा सँग अंस मुद्धा गर्ने र वाचुन्जेल कहिले रेखदेख नगर्ने दाजु लाइ गाउ समाज र मलामीले दागवत्ती दिन नदिएको र उनले समेत साथ सहयोग दिएकि हुन् । उप्रतीले भनिन् आमाले हलो जो्तेर पढाउनुभयो वढाउनुभयो तर आमालाइ भरण पोषण समेत नगरेपछि मैले ४० वर्ष सम्म पाले तर दाजुको कुनै दायित्व रहेन त्यस्ताले किन दागवत्ती दिनु ?
तर चुडामणीले आमा र आफु विच मन मिल्न नसकेको स्विकारगर्दै आमा छोरी सँग वस्छु भनेपछि अदालत वाटै आमालाइ दिने अंस सम्पत्ती वापत १२ लाख रुपैयाँ दिएको वताउदै आफु लाइ अन्याय भएको र प्रहरीमा उजुरी समेत गरेको वताए । तर चिमोरिया परिवारमा आमाको मृत्यु र दागवत्ती दिने विषयले यतिवेला चर्चा पाएको छ र छोराले आमाको अन्तिम संस्कार गर्न पाउने कार्य वाट वन्चित भएको तथा दिउँदो रहदा आमालाइ के गर्नूपर्थो भन्ने विषय वहस वनेको छ । फोटो समेत छ ।
https://www.facebook.com/aamatv1/videos/246965239238153/?t=0










