काठमाडौं, साउन ८
केहि दिन अगाडी मात्रै विवादित अभिब्यक्ति दिएसंगै विवादमा तानिएका अन्ततः कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन प्रधानमनत्रीले निर्देशन दिनुभएको छ ।
कानुनमन्त्रीका कारण सरकारको आलोचना भएपछि नेकपाका नेताहरुले बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । ‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो । तपाईले राजीनामा दिनुस् भनेका छौं’ प्रधानमन्त्रीको सचिबालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रष्ट रुपमा सबै मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । काँही कतै कुनै बाहानामा विवादित भए तत्काल बर्खात गरिन्छ जनताको कामलाई प्रथामिकतामा राखेर का्म गर्नु नत्र सरकार विकल्प खोज्छ । केहि मन्त्रीहरु समेत हटाएर नयाँ ल्याउने तयारी भईरहेको प्रधानमन्त्री स्रोत बतायो ।
कानुनमन्त्री तामाङले प्रधानमन्त्रीको निर्देशन लगतै आजै मंगलबार दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनबाटै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।
कानुनमन्त्रीले किन दिनुपर्ने राजिनामा
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।
यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।










