प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफैले टाउकाको मूल्य तोकेको प्रचण्ड र उनको पार्टीको प्रगति देखेर सह्य नभएको बताएका छन् ।

मंगलबार बिहान नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कांग्रेसलाई आफू नेतृत्वको सरकार अपदस्त रहेको भएपनि त्यसका लागि पनि प्रक्रिया चाहिने बताए । प्रधानमन्त्रीले भने, ‘ काँग्रेसलाई सरकार अपदस्थ गर्ने अधिकार छ तर प्रक्रिया र कानून सम्वत तरीकाले आएका छौं त्यसैगरी प्रक्रियामा जानुपर्छ, सडकमा रडाको मच्चाउनुको कुनै अर्थ छैन ।’

https://www.facebook.com/ganesh.tiwari.1029/videos/10214598622432488/?t=115

एभरेस्ट दैनिक  बाट