साउन ८ । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।

गएको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले नेपाली छात्राहरुले बंगलादेशमा एमबीबीएसको सर्टफिकेटका लागिका आफ्नो अस्मिता बच्ने गरेको गम्भीर आरोप लगाएका थिए । जसका कारण उनी निकै आलोचित र विवादित बनेका थिए ।

सो विषयमा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच सोमबार राती छलफल भएको थियो । मन्त्री तामाङको अभिव्यक्तिले सिंगो पार्टी र सरकारको बदनाम गरेको भन्दै तत्काल राजीनामा दिन उनलाई निर्देशन दिएको थियो ।