दमक/झापाको दमकमा भएको रिजन स्तरीय लायन्स क्लवहरुको भेलामा लायन्स अभियानलाइ अझ शशक्त रुपमा अघि बढाउने र सेवाका क्षेत्रमा शशक्त काम गर्ने प्रण गरिएको छ ।

रिजनल चियर पर्सन डा.प्रहर क्षेत्रीको संयोजनमा भएको कार्यक्रममा बर्ष भरी लायन्स क्लवहरुले काम गर्ने प्रतिबेदनहरु पेश भएका थिए । हरेक महिना कम्तिमा एउटा सेवाको काम गर्ने क्लवहरुले प्रतिबद्धता गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको संगम स्वीट्समा भएको भेलामा जोन चियर पर्सन रुद्र गौतम, कोमल शाक्य, सम्झना खतिवडाको समेत उपस्थिति रहेको थियो ।

सोहि रिजनल भेलामा  प्रोफेसनल होलिडे काठमण्डौक सिइओ बिज्ञान खड्काले दुबइमा आउदो डिसेम्बरमा हुने लायन्सहरुको अन्तराष्ट्रिय सम्मेलन इसामेमा सहभागि हुनेहरुका लागि आवश्यक कागजपत्र र प्रक्रियाको बिषयमा जानकारी दिएका थिए । होलिडेका अध्यक्ष प्रकाश खड्का समेत सहभागि थिए ।