सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ।
साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। यसअघि मंगलबार बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ म्याग्निच्यूडको परकम्प गएको थियो।
केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो। त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच म्याग्निच्यूडको परकम्प गएको थियो।
२०७२ सालको गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूड माथिका ५०६ पटक परकम्प गएका छन्।










