दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको छ।

आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले मंगलबार राति ती युवतीको उद्धार गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई अवैध बाटो भएर कुवेत र इराक पठाउने तयारी भइरहेको थियो।

अध्यक्ष स्वातीले यसअघिसमेत मानव तस्करहरूले सात युवतीलाई दिल्ली हुँदै बाहिर पठाएको बताएकी छन्। उद्धार गरिएका युवतीहरूको नाम ठेगाना खुल्न सकेको छैन।

अहिले उनीहरूलाई आयोगको रोहबरमा राखिएको छ।भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।