अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्याउने प्रतिबद्धता जनाएका थिए ।
भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो । हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्याउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् । तर, बिराटनगरको एउटा वडामा घरघरमा पाइपबाट ग्यास पुर्याउने प्रयास भइरहेको छ । विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।
विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो । तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।










