दमक/ लामो समयदेखि शिक्षा क्षेत्रमा सुधारको माग राख्दैै आएका डा. गोविन्द केसीको पक्षमा झापाको दमकमा पनि रिलेअनसन शुरु भएको छ । नेपाली काँग्रेसका नेताहरु र केहि चिकित्सकहरुको सहभागिता रिलेअनसन शुरु भएको हो ।
बिहान रिलेअनसन शुरुहुदा काँग्रेस नेता शेरबहादुर भट्टराइ, बिक्रम अधिकारी क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, दमक नगर अध्यक्ष रोशन बिष्ठ, महिला नेतृ मन्दरा पौड्याल, रेगिना भट्टराइ लगायत सहभागि रहेका थिए ।
संघीय समाजबादी फोरमका कमन देवान लगायतले पनि एक्यबद्धता जनाउदै रिलेअनसनमा सहभागिता जनाएका थिए । यसैगरी डा. सुर्यनारायण शाह, डा. बिपी कर्ण लगायतको पनि सहभागिता रहेको थियो ।










