काठमाडौं । पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीले सुशीला कार्की भनेको आफ्नो मुड, आफ्नो बुद्धि, विवेक र अध्ययनले चल्ने मान्छे नभएको बताएका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा पराजुलीले पूर्वप्रधानन्यायधीश कार्की कसैबाट परिचालित हुने व्यक्ति रहेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘कार्की कोबाट परिचालित छ सबैलाई थाहा छ । धेरैपटक पत्रपत्रिकाले लेखेकै छ त उहाँ डि–जुर जस्टिस हो भनेर । डी फ्याक्टो अर्कै छ भनेर पनि भने ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सुशीला कार्कीले विराटनगर, हेटौंडा आदि स्थानमा मेरो खुबै प्रसंशा गर्नुभएको थियो । मैले यस्तो प्रविण मान्छे पाएको छु, जसले मुद्दा हेर्ने बित्तिकै केही बुझ्नुहुन्छ,’ पराजुलीले भने, ‘पाँच सेकेन्डमै एक पन्ना पढ्न सक्नुहुन्छ । उहाँ धेरै क्षमतावन व्यक्ति र उहाँले हेरेका कुनै पनि मुद्दा कुनै पनि अदालतमा सेकेन्ड छैन भनेर मेरो प्रसंशा गर्नुभएको थियो ।’

‘आफूलाई निष्काशित गरेर कार्कीले खुब ठूलो बहादुरी गरें भनेका होलान्,’ पराजुलीले भने, ‘तर अहिले सबैभन्दा आनन्दित छु । जेसुकै भए पनि अहिले सञ्चो भएको छ ।’

एक अर्को प्रसंगमा पराजुलीले नेपालमा स्थिति बसाल्नका लागि आफ्नो ज्यान नै जोखिममा रोखको समेत बताएका छन् । उनले भने, ‘बढो सेक्रेट कुरा भन्छु, एक दैनिक पत्रिका र गोविन्द केसीले गरेका हर्कतहरू, जसले अदालतमा ठाडो हस्तक्षेप गरिरहेका थिए, विचाराधीन मुद्दामा बोलिरहेका थिए । प्रधानन्यायाधीशलई ज्यानमारा, डाका, हत्यारा जस्ता शब्दहरूबाट प्रहार गरिरहेका थिए । मिडियाले त्यस्तै कुरा छाप्थ्यो ।’

गत शनिबार एक कार्यक्रममा सुशीला कार्कीले बोलेको शब्दलाई पराजुलीले पूर्वप्रधानन्यायधीशको मर्यादाले त्यस्तो गर्न छुट नदिने बताए । कार्कीले सरकारले डा. केसीको माग सम्बोधन नगरे देशमा आगो बल्ने बताएकी थिइन् ।

पराजुलीले कार्कीको टिप्पणीलाई चर्को आलोचना गर्दै हाँस्यास्पद तरिकामा आफुले पनि देशमा आगो बाल्ने कुरा सुनेको बताए । पराजुलीले भने, ‘आफैं राँको लिएर हिँडे भो त । आगो बालेर देखाए भई गयो त ।’

समाजलाई भड्काउने, स्थापित मूल्य मान्यताहरुलाई तोड्ने, अराजकतातर्फ धकेल्ने, संसदको विचारधीन विषयलाई लल्कार्ने, सम्भवतः त्यस्तो विषय बोल्नु उचित नभएको पराजुलीको भनाई छ ।

उनले भने, ‘हामी त विधि र कानुनमा विश्वास गर्ने मान्छे, हामी त त्यस्तो भन्दैनौं, त्यो त एउटा साधारण मान्छेले मात्रै भन्छ । म यति मात्रै भन्छु,  न्यायाधीशहरू विधिमा मात्रै विश्वास गर्छन् । भीड वा भड्काउवादमा विश्वास गर्दैनन् । बाँकी कुरा तपाईं आँफै बुझ्नुस् ।’

छअहिले साझा व्यक्तिलाई राजनीति गर्ने अधिकार र छुट नै छैन,’ उनले भने, ‘राजनीतिमा आउन मिल्दैन । त्यसकारण राज्यले पेन्सन दिएको छ ।’ नेपालि पत्र बाट