चालु आर्थिक वर्ष २०७५/०७६ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामाग्रीहरुको दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवामा दररेट निर्धारण समितिको बैठक बसी कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामाग्रीको दररेट निर्धारण गरिएको हो । जिल्लाको दररेटमा एकरुपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको जिल्ला दररेट निर्धारण समिति रसुवाले जनाएको छ ।
जिल्लाको कालिका उत्तरगया नौकुण्ड गाउँपालिककाको साबिकको यार्सा बाहेकका डकर्मि, सिकर्मि, वज्रकर्मि, लोहाकर्मि, नकर्मि, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदी दक्ष कामदारका लागि नौं सय १० रुपैया कायम गरिएको छ । त्यस्तै ज्यामिका लागि ६ सय १० रुपैया, अर्धदक्ष कामदारका लागि ७ सय ८५ रुपैया कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि ८ सय २८ रुपैया कायम गरिएको थियो । भने ज्यामीका लागि ५ सय ५२ र अर्धदक्ष कामदारका लागि ७ सय १३ रुपैया कायम गरिएको थियो ।
त्यस्तै धुन्चेभन्दा उत्तरी क्षेत्र साविकको धुन्चे, यार्सा, स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन, गोल्जुङ, चिलिमे, गतलाङ र हाकु गाविसका डकर्मि, सिकर्मि, वज्रकर्मि, लोहाकर्मि, नकर्मि, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदी दक्ष कामदारको एक हजार ५० कायम गरिएको छ । त्यस्तै ज्यामीका लागि ७ सय ३५ र अर्धदक्ष कामदारका लागि ७ सय ८५ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि ९ सय २० कायम गरिएको थियो । भने ज्यामिको ६ सय ६७ र अर्धदक्ष कामदारको ७ सय १३ रुपैया कायम गरिएको थियो ।
त्यस्तै साविकको लाङटाङ गाविस र स्याफ्रु गाविसको गोसाईकुण्ड क्षेत्रमा दक्ष कामदारका लागि एक हजार ६ सय ८६ रुपैया कायम गरिएको छ । त्यस्तै ज्यामीका लागि एक हजार दुई सय ७७ र अर्धदक्ष कामदारका लागि एक हजार ४ सय ७४ रुपैया कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि एक हजार ४ सय ६६ कायम गरिएको थियो । भने ज्यामीको एक हजार एक सय १० र अर्धदक्ष कामदारका लागि एक हजार २ सय ८२ रुपैया कायम गरिएको थियो ।










