भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारीसाधन हटाउने निर्णयको विरोधमा भएको प्रदर्शनमा गोली चलेको छ।
रिक्सा, अटो रिक्सा र ई–रिक्स व्यवसायी, मजदुर र प्रहरीबीच भरतपुरका ठाउँठाउँमा झड्प समेत भएको छ।
बुधबार भएको प्रदर्शन हिंसात्मक बन्दै गएको र प्रदर्शन कारीले मोटरसाइकलमा आगो लगाएपछि प्रहरीले गोली समेत चलाएको छ।
आन्दोलनकारीले केन्द्रीय बस ट्रमिनलको अगाडी एक मोटसाइकल जलाउनुका साथै प्रहरी चौकीमाथि आक्रमण गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ।
चितवनका सहायक प्रजिअ लाक्ष्मीप्रसाद बास्कोटाले आन्दोलन उग्र बन्दै गएपछि १० राउण्ड हवाइ फायर र दर्जनौ अश्रु ग्यास प्रहार गरेको बताए।
सहायक प्रजिअ बास्कोटाले हवाइ फायर गरेको भने पनि आन्दोलनकारीलाइृ गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन्। नेपाल खबर बाट










