काठमाडौं । एमालेका नेता वामदेव गौतमले पार्टीको विधानबाट उमेरहद हटाइएको सम्बन्धमा बक्तव्य निकालेर आप्mनो कुनै संलग्नता र चासो समेत नरहेको भन्दै खण्डन गरेका छन् । नेता गौतमका पूर्व प्रेस सल्लाहकारमार्फत बक्तव्य निकालेर आफ्नो धारणा बाहिर ल्याएका हुन् । विभिन्न सञ्चार माध्यमहरुमा पार्टीभित्र उमेरहद सम्बन्धमा नेकपा नेता गौतममाथि आक्षेप लगाउने आशयको समाचार बाहिर आएपछि नेता गौतम बक्तव्य निकालेरै खण्डन गरेका छन् । उनले पार्टीभित्र छलफलको क्रममा रहेको विधानको सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट आएका समाचारहरुको सत्यता नभएको दावी गरेका छन् ।

बक्तव्यमा भनिएको छ, ‘पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन । पार्टीले जे–जे जिम्मेवारी र भूमिका तय गर्छ, त्यसअनुरुप काम गर्न तयार भएर उहाँ हाल वरियताको पाँचौ स्थानमा रहनुभएको हो । वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय हो । कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीँ पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । तत्कालिन (माओवादी केन्द्र) को विधानमा त्यस्तो विषय उल्लेख थिएन । तर, तत्कालिन नेकपा (एमाले) को विधानमा रहेको सो व्यवस्था व्यवहारिक नहुने बहस पार्टी एकतापूर्व नै चलिरहेको थियो ।’ बक्तव्यको पूर्ण पाठ यस्तो छः–

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रेस विज्ञप्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र पार्टी सञ्चालन सम्बन्धी कार्यविधि पार्टीबाट अनुमोदन भई प्रकाशनमा गएको छ । पार्टीले हालसम्म ती दस्तावेजहरु सार्वजनिक गरेको छैन । तर, विभिन्न सञ्चारमाध्यममा विधानका धाराहरु उल्लेख गर्दै त्यसमा रहेका कार्यकाल, उमेरजस्ता विषय भनी समाचार प्रकाशन÷प्रशारण गर्ने क्रम देखिएको छ ।

विशेषतः पार्टीका केन्द्रीय सचिवालय सदस्य क.वामदेव गौतमको उमेरसँग सम्बन्धित विषयमा आधारित भएर त्यस्ता समाचार आउने क्रम देखिएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको हो ।

विधानहरु तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदलहरु बनेका थिए । तर, समाचारमा तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि क.वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक र कपोलकल्पित समाचार आएका छन् । पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन ।

पार्टीले जे–जे जिम्मेवारी र भूमिका तय गर्छ, त्यसअनुरुप काम गर्न तयार भएर उहाँ हाल वरियताको पाँचौ स्थानमा रहनुभएको हो । वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय हो । कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीँ पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । तत्कालिन (माओवादी केन्द्र) को विधानमा त्यस्तो विषय उल्लेख थिएन ।

तर, तत्कालिन नेकपा (एमाले) को विधानमा रहेको सो व्यवस्था व्यवहारिक नहुने बहस पार्टी एकतापूर्व नै चलिरहेको थियो । एकीकृत पार्टीको विधान तयार पार्ने क्रममा उमेर हदका कुराहरु आएका थिएनन् । क.वामदेव गौतम पार्टीले दिएका जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने, तर नतोकिएका कामहरुमा हस्ताक्षेप नगर्ने कार्यशैलीका व्यक्ति हुनुहुन्छ । यो यथार्थलाई लुकाउँदै आइरहेका विभिन्न समाचार, टिप्पणी र अतिरञ्जित तवरका प्रचारशैली बन्द गर्न सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा अनुरोध गर्दछु । (विश्वमणि सुवेदी) उपाध्यक्ष, प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी २०७५।०४।०९