नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीको अनशन बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्ध नियोजित डिजाइन रहेकोे आरोप लगाएका छन् ।
उनले राजधानीमा आज आयोजित एक कार्यक्रममा केसी सरकारविरुद्ध राजनीतिक रुपमा अघि बढेको पनि उल्लेख गरे । ‘केसिको अनशन ग्रान्ड डिजाइन हो, सरकार यो भुमरीमा फस्न चाहदैन ।’ भट्टराईले भने, ‘सरकारलाई बर्खास्त गराउने मागमा के कुरा हुन्छ ? शैक्षिक माग भए पुरा हुन्छ ।’
केसीको मागमा कांग्रेसले अनावश्यक राजनीति गरिरहेको उनको आरोप छ । माथेमा कार्यदलको प्रतिवेदन र शिक्षामन्त्रीले प्रस्तुत गरेको चिकित्सा शिक्षा बिधेयकमा कुनै फरक नरहेको पनि भट्टराईको भनाइ थियो । केसीको पक्षमा सञ्चार माध्यम अनावश्यक पछि लागेको पनि उनले बताए ।
कांग्रेसले सत्तामा जान हतारो गरेको तर अब ५ बर्ष पर्खनुको विकल्प नभएको पनि उनको भनाई थियो ।










