काठमाडौं । सांसद गगन थापाले चिकित्सा शिक्षा हासिल गरेका नेपाली डाक्टरहरुमाथि लगाएको कपोकल्पित आरोपको युवा चिकित्सक संघले घोर भत्र्सना गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै पैसा बुझाएपछि मेडिकल डिग्रीको ग्यारेन्टि भएर मात्र नेपालबाट बाहिर पढ्न गएका हुन भन्ने आरोपको सप्रमाण पुष्टि गरिदिन समेत आग्रह गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सांसद जस्तो गरिमामय पदमा बसेर तपाई जस्ता माननीयहरुले विदेशबाट अध्ययन पूरा गर्नुभएका हजारौं चिकित्सक तथा पढ्दै गरेका विद्याथीृहरुमाथि सार्वजनिक रुपमा लगाउनुभएको आरोपले आम जनतामा हामी विदेशबाट पढेका चिकित्सकहरु माथि ठूलो प्रश्न चिन्ह खडा भएको अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

सांसद थापालाई संघले नेपालका चर्चित डाक्टरहरुको रुपमा ख्याती कमाएका डा. गोविन्द केसी, डा. भगवान कोइराला, डा. भोला रिजाल, स्व. डा. उपेन्द्र देवकोटालगायत हजारौं चिकित्सकहरु पनि बंगलादेश, भारत लगायतका मुलुकबाट चिकित्सा डिग्री हासिल गरेको कुरा अवगत गराएको छ ।

थापाले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना गरी आम जनतामा छरेको भ्रम निवारण गर्न संघले आग्रह गरेको छ ।

सांसद थापाले गत शनिबार बानेश्वरमा भएको विरोध प्रदर्शनपछिको कोणसभामा डा. केसीको सत्याग्रहको बारेमा आफ्नो धारणा राख्ने क्रममा बंगलादेश, फिलिपिन्स, चीनलगायत बाहिरी मुलुकहरुबाट मेडिकल डिग्रीको सर्टिफिकेट पैसा बुझाएपछि पाउने बताएका थिए । नेपाली पत्र बाट