प्रधानमन्त्री केपी शर्मा ओली र अनशनरत डा. गोविन्द केसी पक्षबीच वार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको छ । वर्तामा सहभागी टोलीका एक जनाले भने, ‘डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ’ वार्तामा संलग्न केसीका सहयोगीले भने,‘अजै ब्रेक थ्रु हुने सम्भावना छ ।’

यसअघि बुधबार सरकार र केसीको वार्ता टोलीबीचको वार्ता विना कुनै निष्कर्ष सकिएको थियो । तर मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीपक्षसँग पुन छलफल गरेका थिए । छलफल सकारात्मक भएपछि पुन अहिले प्रधानमन्त्रीसँग छलफल भइरहेको उनले बताए ।