धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारस्थित कार्कीछापमा विहिवार विहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
साँगुरीगढी गाउँपालिका ६ का १८ वर्षीय सुरज राईको, सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बुले छुरा प्रहार गरीे हत्या गरेका थिए । भेडेटारस्थित एभरेष्ट होटल एण्ड लजमा कार्यरत राई र लिम्बूबीच एकअर्कामा विवाद हुदाँ लिम्बुले राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । राईको हत्या गर्नुको मुख्य कारण खुल्न सकेको छैन ।
होटल संचालक नभएको अवस्थामा दुईबीच विवाद भएको र लिम्बुले टाउकोमा छुरा प्रहार गर्दा राईको घटनास्थलमानै मृत्यु भएको प्रहरीले बताएको छ । घटना पश्चात् फरार रहेका लिम्बुलाई भेडेटार बजारबाट प्रहरीले पक्राउ गरेको छ ।










