२७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ । सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।
शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेकी छन् ।
स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उपप्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।










