संयुक्त अरब ईमिरेट्स(युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले नेपालमा हुने सुन तस्करी, मानव तस्करी रोक्न चाहे आफूहरु सम्झैता गर्न तयार भएको बताएका छन् ।

बिहिवार गृहमन्त्री रामबहादुर थापासँग गृहमन्त्रालयमा भएको शिष्टचार भेटका क्रममा राजदुत नाक्बिलले यस्तो बताएका हुन् । मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको राजदुतले बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानको क्रममा नेपालको आग्रहअनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । युएईमा ३३ किलो सुन प्रकरणमा प्रतिवादी बनाएका रमेश उप्रेतीलाई पक्राउ गरिएको थियो । काठमाडौं टुडे बाट