काठमाडौं –संसदीय सुनुवाइका क्रममा संवैधानिक परिषद्बाट प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सांसद सदस्यहरूलाई ‘साथी’ भनेर सम्बोधन गरेपछि नेकपाका सांसदले आपत्ति जनाएका छन् ।

बिहीवार संसदीय सुनुवाइका क्रममा कामु प्रन्या जोशीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा साथी भनेर सम्बोधन गरेका थिए । नेकपा सांसद पार्वत गुरुङले नियमापत्ति गर्दै सो शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समिति सदस्यको मागपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सामान्यतया सांसदहरुलाई ‘माननीय’ भनेर सम्बोधन गर्ने गरिन्छ ।

सांसदहरूले भने जोशीलाई सम्माननीय भनेर सम्बोधन गरेका थिए ।

‘म पनि माननीय र तपाइहरू पनि माननीय भएकाले साथीहरू भनेको हुँ,’ जोशीले जवाफ फर्काए ।

सुनुवाइका क्रममा सांसदहरूले जोशीविरुद्ध तिखा प्रश्न गरेका थिए । उनीहरूले जोशीको शैक्षिक प्रमाणपत्र तथा उनले गरेका आदेशका सम्बन्धमा प्रश्न गरेका थिए ।

प्रमाणपत्रको विवाद उठेपछि जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रको फोटोकपी समेत समितिलाई बुझाएका थिए ।

संसदीय सुनुवाइ सकिएपछि जोशी बैठकबाट बाहिरिएका छन् । सुनुवाइ सकिए पनि समितिले कुनै निर्णय लिएको छैन । निर्णयका लागि समिति बैठक भोलि दिँउसो ३ बजे पुन: बस्नेछ । लोकान्तर बाट