काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीले उठाएका मुल मुद्दा जायज भएको पुष्टि भएको बताएका छन् ।

नेता श्रेष्ठले सत्याग्राही केसीले उठाएका मुल मुद्दा सहि भएको तथा माथेमा प्रतिवेदनका सुझाव सकारात्मक भएको प्रतिकृया दिदै आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, श्रेष्ठको यस्तो प्रतिकृया आएपछि पार्टीकै कतिपय नेता कार्यकर्ताले पार्टी प्रवक्ताले सरकारको बचाउ नगरेको भनेर श्रेष्ठको आलोचना समेत गर्ने गरेका थिए ।

विहीबार राती सरकार र गोविन्द केसीबीच नौ बँदे सहमति भएपछि शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै श्रेष्ठले आफुले सत्याग्राही केसीले उठाएका मुल मुद्दा सहि भनेकोमा हिजो पुष्टि भएको भन्दै विरोध गर्नेलाई घुमाउरो जवाफ पनि दिएका हुन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘माथेमा प्रतिवेदनको मुल पक्ष सकारात्मक छ, हाम्रा पार्टीका नेता कार्यकर्ताले पनि विना पुर्वाग्रह यसलाई आत्मसात गरी वार्ताद्धारा समस्या समाधान गर्नुपर्छ भन्दा तिव्र विरोध गर्नेहरुलाई पनि अहिले धन्यवाद ।’ रातो पाटी बाट