दमक/ गुरुपूर्णिमाका अवसर पारेर दमकमा शुक्रवार यहाँ अग्रज गुरुहरुलाई सम्मान गरिएको छ । लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले दमक बहुमुखी क्याम्पसमा संयुक्त एक कार्यक्रम गरि क्याम्पसका पूराना अध्यापकसहित कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको व्यवस्थापनमा भएको गुरुपूर्णिमा विशेष कार्यक्रममा क्याम्पस प्रमुख उत्तम भट्टराई, पूर्व क्याम्पस प्रमुख सन्त भगत, अखिलेश्वर दाश र कर्मचारी देवीप्रसाद कट्टेललाई सम्मान गरिएको छ । क्याम्पसको शैक्षिक विकासमा अनवरत रुपमा विशिष्ट योगदान पु¥याँएवापत उनीहरुलाई सम्मान गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोहि अवसरमा क्याम्पसका तीन दर्जन अध्यापकहरुलाई समेत मायाको चिनोस्वरुप डायरी र कलम प्रदान गरिएको थियो । अध्यापक र विद्यार्थीवीचको सम्बन्धलाई थप प्रगाढ बनाउन लायन्सले गुरुसम्मान कार्यक्रम गरिएको आयोजक लायन्स क्लव अफ दमक वेलसिटीका अध्यक्ष प्रकाश प्रसाईले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पूर्व क्याम्पस प्रमुख सन्त भगत, लायन्स श्रीअन्तुका अध्यक्ष वीपी मिश्र,स्ववियू कोषाध्यक्ष सुनिल धिमाल, विद्यार्थी अनिल दाहाल लगायतका वक्ताहरुले गूरुपूर्णिमाको महत्वका बारेमा वोलेका थिए ।

कार्यक्रममा लायन्सका रिजनल चियर पर्सन प्रहर क्षेत्री,जोन चियर पर्सन रुद्र गौतम,लायन्सका सदस्य,शिक्षक, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्ववियू सभापति विनोद चापागाईले गरेका थिए ।