चितवन, ११ साउन – काठमाण्डुबाट पोखरा आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । यात्रुवाहक बस त्रिशूलीमा खस्दा पाँचको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिएका छन् ।
काठमान्डु टुडे










