धादिङ– काठमाडौंबाट पोखरा जाँदै गरेको एक कार शुक्रवार दिउँसो त्रिशुली नदीमा खसेको छ ।

नागढुङ्गा–मुग्लिन सडक खण्ड (पृथ्वी राजमार्ग)अन्तर्गत जरेखेत भन्ने ठाउँबाट कार त्रिशुली नदीमा खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कारमा रहेका ३ जनामध्ये १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सेनाले लोकान्तरलाई बताए ।

कार नदीमा खस्नेवित्तिकै दुईजना व्यक्ति भने आफैं पौडिएर बाहिर निस्किएका थिए ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति कारका चालक रहेको जनाइएको छ । उनको नाम भने खुल्न सकेको छैन । लोकान्तर बाट साभार