डा. गोविन्द केसीको अनसनको श्रेय लिने विषयमा नेपाली कांग्रेस र विवेकशिल साझा पार्टीविच अहिले वाकयुद्ध शुरु भएको छ । अनसनमा बसिरहदा कहिले जुलुस त कहिले संसदमा आवाज उठाउने उनिहरु सरकारले काउन्टर दिदै केसीसग सहमति गरेपछि त्यसको श्रेय आफ्नो पक्षमा पार्न तल्लिन देखिएका हुन् ।

पहिलो चरणकै वार्तामा सहमति नजिक पुगेका बेला थापाथलीको एक रेष्टुरेन्टमा बसेर वार्ता भाड्न तल्लिन नेपाली कांग्रेस र केसीको वार्ता टोलीमा आफ्नो सदस्य पठाएर भाड्न खोज्ने विवेकशिलविच वाक युद्ध चलिरहेको हो । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको विशेष पहलमा डा. केसीसग ९ बुदे सहमति भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकार र गोविन्द केसीबीच सहमति भएपछि केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र विवेकशील पार्टीका नेताहरुविच दोहोरी चलिरहेको छ । विवेकशिलका रवीन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले थापालाई कांग्रेसकै कारण डा. केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन । शुक्रबार संसद बैठकमा सांसद थापाले ‘कांग्रेस नउठेको भए गोविन्द केसी सुतेको सुत्यै हुन्थे’ भनेर दिएको अभिव्यक्तिको मिश्रले आलोचना गरेका हुन् ।

थापाले संसदमा बोलेको केही समयपछि नै मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेसका नेताहरुले निहित स्वार्थमा ‘समाजवाद’ नर्बिसिएको भए डा. केसी अनसन बस्नै नपर्ने जवाफ दिएका छन । उनले अहिले आफूलाई समाजवादी भन्न रुचाउने कांग्रेसका नेताहरुलाई समाजवादले शिक्षा र स्वास्थ्यलाई यसरी व्यापारिकरण कहिल्यै नगर्ने सुझाव समेत दिएका छन ।जनता टाइम्स बाट