काठमाण्डु, १२ साउन– सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् । साउन– ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए ।

माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा सामान्य चासोसमेत नराखेको भन्दै राजपा नेताले सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ । फुटाएको मन्त्रालयमा प्रधानमन्त्रीले वर्तमान सरकारकै एक राज्यमन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ । नागरिक दैनिकबाट