बलात्कार पछि हत्या गरेर उखुबारीमा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तका हत्यारालाई कार्बाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको छ । स्थानीय र कांग्रेस निकट नेपाल महिला संघ, नेपाल दरुण दल र नेवि संघले प्रर्दशन गरेका हुन् ।
हत्याराको पहिचान गरी, दोषिलाई कारवाही हुनुपर्ने, घटना स्थलमा अस्थायी प्रहरीविटको माग राख्दै माग अघि सार्दै स्थानीय एवं कांग्रेस निकटका तीन भातृ संगठनले बजारका साथै विदाका दिन पनि नगरपालिका मुल गेटमा प्रर्दशन गरेका छन् । नेवि संघ कञ्चनपुरका नेता किशोर प्रशाद जोशीले सरकारले घटनालाई गम्भिर रुपमा नलिएका कारण बाध्य भएर दवाव दिनका लागि सडकमा आएको बताए ।
प्रर्दशन जारी ‘छात्रा माथी बलात्कार पछि हत्या भएको छ, ‘उनले भने, ‘यस्तो जघन्य अपराध नेविसंघलाई सैह्य हुँदैन ।’ नेपाल महिला संघका केन्द्रीय सदस्य रमिला देउवाले दोषीलाई कारवाहीको माग राख्दा समेत महिला अधिकारकर्मीबाट धरकपट गरिएको बताउँदै त्यस बिरुद्ध समेत प्रर्दशन गरेको बताए । ‘एउटी नारीमाथी यस्तो क्रुर हत्या भएको छ, ‘यहाँका महिला अधिकारकर्मी चुप लागेर बसेका छन्, हामी बाध्य भएर न्यायका लागि सडमा आएका हौँ ।’ स्थानीय एवं नेपाल महिला संघ, नेपाल विद्यार्थी संघले र दरुण दलले प्रर्दशन जारी राखेका छन् ।
आफन्तले शव बुझेनन् शुक्रबार अवेरसाँझ मृतक निर्मालाको शवको पोष्टमाष्टम भएपनि आफन्तले अहिलेसम्म शव बुझेनन् । मृतका आफन्त भोजराज पन्तले घटनाका दोषिलाई सार्वजनिक, घटना स्थलमा प्रहरीविट, पीडित परिवारलाई न्याय नलिलाउन्जेलसम्म शव नबुझ्ने बताए । मृतक निर्मलाको शव पोष्टमाष्र्टमपछि महाकाली अञ्चल अस्पतालमै राखिएको छ । ‘सुरक्षाको लिखित प्रतिबद्धता नआउन्जेलसम्म शव बुझ्दैनौँ, ‘पन्तले भने, ‘हाम्रा छोरीचेली यसैउसै हामीमाँझ छैन, बाँकी रहेका छोरीचेलीहरुको सुरक्षाको ग्यारेण्टी नगरुन्जेल शव बुझ्दैनौँ ।’
कारवाहीको माग कञ्चनपुरका विभिन्न चार विद्यार्थी संगठनले घटनाको घोर भत्र्सना गर्दै घटनाको यथाघिश्र छानविन गरेर दोषि उपर कारवाहीको माग गरेका छन् । काग्रेस निकट नेवि संघ, नेकपा (पुर्व एमाले) निकट अनेरास्ववियु, पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाहीको माग राखेको छ ।
यसैविच भीमदत्त नगर कार्यपालिकाले बालिका मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरी संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ । भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले विज्ञप्ति प्रकाशित गरी बालिकाको शव भेटिएको घटनाले नगरपालिका कार्यालय स्तब्ध भएको उल्लेख गरेको हो ।
विज्ञप्तिमा प्रवक्ता पाण्डेयले मृतक पन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पन्त परिवारमा समवेदना व्यक्त गरेका छन् । नगर कार्यपालिकाले घटनाको छानबिन गरी संलग्नलाई कानुनी कारवाही गर्न समेत अनुरोध गरेका छन् ।
प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने भीनपाका प्रवक्ता एवम् वडा नं. १८ का अध्यक्ष पाण्डेय र वडा नं. २ का अध्यक्ष डम्मर कार्की डिके दुबैले घटनास्थलमा गएर जानकारी लिएका छन् । प्रवक्ता पाण्डेयले घटनास्थल भएको क्षेत्र सुरक्षाका हिसाबले संवेदनशिल भएकाले आगामी दिनमा अपराधिक घटना हुन नदिन प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
सोधपुछ र अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घटनामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले तीन युवक सहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । उनका अनुसार घटनाको गहिरो ढङले अनुसन्धान थालिएको छ । घटना जघन्य क्रु्रर भएको भन्दै चौतर्फि भत्र्सना गरिएको छ ।
-नया पत्रिका बाट









