काठमाडौँ -धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले धम्मावती गुरुमाँलाई बुद्धको प्रतिमुर्ति प्रदान गरे ।

प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक उपासिकालाई सम्मान गरे । उहाँले भिक्षु बोधिज्ञानबाट प्रवचन दिँदै अशान्तपूर्ण अहिलेको युगमा विश्वलाई शान्तिको दिशामा दोहो¥याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोड दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा महिला शिक्षामा जागरण ल्याउने धम्मावती गुरुमाँको ८५ बर्ष प्रवेशको उपलक्ष्यमा उनलाई शुभकामना दिन उपासक उपाशिका तथा शुभेच्छुकहरुको विहारमा ठूलो भीड लागेको छ । जहाँनिया राणाको कठोर शासनकालमा शिक्षा आर्जन गर्ने तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेका बौद्धविद्धान धम्मावती गुरुमाँ आजदेखि ८५ बर्षमा प्रवेश गर्नु भएको हो । महिलाले अक्षर पढ्न हुँदैन भन्ने त्यसबेलाको सामाजिक बन्धनलाई तोडेर महिनौं दिन हिंडेर रंगून पुगेका धम्मावतीले बर्मामा ९हालको म्यान्मार० बुद्ध धर्मको गहन अध्ययन गर्नुभएको थियो । म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले पनि उनलाई गुरुको रुपमा सम्मान गर्दै आएका छन् ।

रासस