काठमाडौं, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताए । प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपालभित्र पैसा रोक्नु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गलत उद्धेश्यका साथगलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भित्रने पैसा बैंक मार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरियतालाई पनि ख््याल गर्नु पर्ने बताए । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । ‘अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एशोसिएसन नेपाललाई बधाई समेत दिए । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरीराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिति गठन गरेको छ । दनिक नेपाल बाट