-राजेन्द्र आचार्य

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको विकास निर्माण बारेमा चासो लिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवाले भरतपुरको होटल ग्लोबलमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरि मध्य नेपालको बीच भागमा पर्ने भरतपुर महानगरलाई नमुना महानगर बनाउन सुझाव दिएका थिए ।

‘स्थानीय तहमा छलफल गरेर विकासका काम गर्नुहोस्,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘जनहितका काममा कांग्रेसको साथ सधैँ हुनेछ ।’ साथै देउवाले भरतपुरका विकास निर्माणका सबै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

मेयर रेनु दाहालले भरतपुर महानगर भित्र निर्माण हुन लागेको सभा हल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिगं रोड, लिकं रोडहरू लगायत विकास निर्माणका बारेमा गहन छलफल भइरहेको देउवालाई जानकारी गराएकी थिइन् ।

भेटघाटपछि मेयर रेनुले भनिन्, ‘पूर्व प्रधानमन्त्री देउवा आएर विकासका बारेमा चासो लिदाँ थप हौसला प्रदान भएको छ । जनहितका लागि अवरोध गर्ने कामलाई प्रतिबन्ध गर्नेछु ।’

रातो पाटी बाट