नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवाल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सरकार सञ्चालन, पार्टी एकता विस्तार लगायतका विषयमा बैठकमा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।
बैठकमा डाक्टर गोविन्द केसीसँग भएको सहमतिको पनि ब्रिफिङ गरिनेछ । साथै, सहमति कार्यान्वयनका लागि पार्टी र सरकारको तर्फबाट गरिने आवश्यक पहल कदमीका विवषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।
गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएपनि पार्टीका तल्लो तह, जनसंगठन लगायतको एकता हुन सकेको छैन ।
नेकपाले भदौभित्र एकता विस्तार गरिसक्ने गरि तयारी गरेको छ ।










