काठमाडौं, १३ साउन । अब नारायणगढ-मुग्लिन सडक ३५ मिनेटमै पार गर्न सकिने भएको छ । ३३ किलोमिटर सडकको निर्माण सकिएसँगै‌ अब पार गर्न ३५ मिनेट मात्रै लाग्ने भएको हो । २०७३ चैत (अप्रिल २०१५) मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको छ। लक्ष्य नभेटाए पनि अब भने सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । नयाँ पत्रिकामा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । राजमार्ग सम्पन्न भएपछि मुग्लिन-नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ ।

अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । नयाँ पत्रिकामा खबर छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो ।