३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् । तस्करी बारे खुब चर्चा भए पनि ठुला माछा समात्न नसकेको गुनासो आइरहेका बेला सांसदले संसदमा कुरा उठाएका हुन् ।
आइतबारको संसद बैठकमा सांसद नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुनतस्करीको चर्चा अत्याधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।










