डाक्टरलाई भगवानको दोस्रो रुप मानिन्छ । तर यो घटना थाहापाएपछि सायद तपाईं यसबारेमा सोच्न बाध्य हुनुहुन्छ । नेपालको एक प्राइभेट हस्पिटलमा भारतको कटिहारका एक व्यक्ति आफ्नी पत्नी र छोरीका साथमा करिब चार महिनादेखि बन्धक बनाएको छ । चार लाख रुपैयाँका लागि अस्पताल प्रशाशनले उनीहरुलाई बन्धक बनाएर राखेको खुलासा भएको हो ।
कटिहर जिल्लाको फलका प्रखण्ड निवासी सन्तोष यादवका परिवारजनले उपचारमा लाग्ने पैसा चुक्ता गर्नका लागि आफ्नो जमिन र घर बन्धक राखेर आठ लाख रुपैयाँ भुक्तान गरेका छन् ।तर त्यही अस्पताल प्रशासनले फेरी परिवारसँग फोन गरेर ४ लाख रुपैयाँ माग गरेको पीडित सन्तोष यादवले बताए ।
पैसा नदिए मिर्गौला निकाल्ने चेतावनी
अस्पतालले पीडितका परिवारलाई पटक–पटक फोन गरेर धम्की दिने गरेकोसमेत खुलासा भएको छ । अस्पताललाई तिर्नुपर्ने रकम भुक्तान नगरे बन्धक बनाएर तीनै जनाको मिर्गौला निकाल्ने धम्बी दिएको पीडितका आफन्तको आरोप छ । पीडित सन्तोषकी श्रीमतीर भाइ भागेर भारत पुगेको भारतीय पत्रिका जी न्यूजले जनाएको छ ।
फलका प्रखण्डस्थित गोविन्दपुर पंञ्चायतको रंगाकोल गाउँको यो परिवारले भारत सरकारसँग नेपालमा बन्धक बनाइएका सबै परिवारलाई रिहाइका लागि गुहार मागेको छ । उनीहरुले नेपालको विराटनगरस्थित गोल्डेन हस्पिटल प्रशासनले अस्पतालमा जम्मा गर्नुपर्ने रकम जम्मा नगर्दासम्म उपचाररत सन्तोषसहित ३ जनालाइए महिनौंसम्म बन्धक बनाएर राख्ने चेतावनी दिएको पीडितको आरोप छ ।
जमिन बन्दकी राखे ८ लाख अस्पताललाई
भारत घर भएका सन्तोषको परिवार गरिव छ । पीडित परिवारले अस्पताललाई आफ्नो घर जग्गा जमिन बन्दकी राखेर आठ लाख रुपैयाँ अस्पताललाई बुझाई सकेको भनेको छ । आठ लाख बुझाएपछि उनीहरूलाई लागेको थियो, सन्तोष अब अस्पतालबाट छुट्छ तर त्यसो भएन ।
ठिक विपरित भयो उनकी आमा र छोरीलाई थप चारलाख माग गर्दै अस्पतालले बन्धक बनाएको पीडितको आरोप छ । भुुक्तान गर्नु पर्ने रकम बुझाउन नसके बन्धक बनाइएकाहरुको आँखा र मिर्गौला निकाल्ने चेतावनी अस्पतालले दिएको पीडित परिवारको आरोप छ ।
अस्पतालको कर्मचारीको सहयोगमा सन्तोषकी श्रीमती रेणु आफ्नो देवरको साथमा भागेर भारत पुगेकी थिइन् । भारत पुगेकी उनले स्थानीय सरकार र समाजसँग गुहार मागेपछि यो घटना बाहिर आएको हो ।
उनले आफ्नो छोरी, सासु र श्रीमानलाई बन्धक बनाएको बारेमा जानकारी गराएकी हुन । सन्तोषका बुबा जोगिन्दर यादवका अनुसार गत २६ जुलाईको दिउँसो ४ बजे अस्पतालबाट फोन गरेर रकम भुक्तानी गर्न भनिएको अन्यथा कार्वाही भोग्न तयार रहनु भन्ने धम्कीसहित फोन गरेको जी न्युजले लेखेको छ ।
हामीले अस्पतालका संचालक गोबिन्द लुईटेलसँग घटनाबारे बुझ्दा उनीहरुले तिर्नुपर्ने पैसा नतिरेको बताएका छन् । कुनै बन्धक बनाएर नराखिएको नियमित उपचार गर्ने बेडमा नै राखेर उपचार गराइएकोले बन्धक नबनाइएको उनले बताए । उनले नेपाली अस्पतालको बद्नाम गराउन भारतीय पत्रिकाले जथाभावी लेखेको उल्लेख गरे । उपचार गराएपछि पैसा नदिने नियत देखिएको उनको भनाइ छ ।










