दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र लायन्स क्लव अफ युनाइटेडले आज एक कार्यक्रमबीच इलामको चुलाचुलीस्थित बालज्योती माबिमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाइ किताव बोक्ने ब्याग तथा बिद्यालयलाइ खेलसामाग्रि बितरण गरेको छ ।

गाँउपालिका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष कालिदास भट्टराइ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष सेतुप्रकाश राइ लगायतको उपस्थित रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माउण्ट एभरेष्ट क्लवका अध्यक्ष चन्द्र गजमेर र युनाइटेडका अध्यक्ष उत्तम थापाको अध्यक्षतमा र रमेश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा लिचि, अमला लगायतका बिरुवा पनि रोपिएको जनाईएको छ ।

लायन्स क्लवका रिजनल चियरपर्सल प्रहर क्षेत्री, जोन चियर पर्सन रुद्र गौतम लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । आगामि दिनमा समेत यस प्रकारका कार्यक्रमहरुलाइ निरन्तरता दिने सो अवसरमा बताईएको थियो ।