स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठुलो संख्यामा कर्मचारीको पदस्थापन गरेको छ । शुक्रबार भएको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयले १ सय ८३ जनाका पदस्थापन गरेको छ ।
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार ७ औं तहदेखि ११ औं तह सम्मका कर्मचारीको पदस्थापन गरिएको छ । उनीहरु सबैको मन्त्रालय मातहतका निकायमा पदस्थापन गरिएको हो ।










