१३ साउन । फेसबुकले साथीभाइको सर्कल बढाउन ठूलो सहयोग गर्छ । तर, यहि फेसबुकले कहिलेकार्ही नराम्रो फन्दामा समेत पार्छ ।

फेसबुकका कारण नगरकोटमा एक युवती लुटिएकी छन् । लुटिएकी युवतीको सामाजिक सञ्जाल फेसबुकमा सिन्धुपाल्चोकका रमेश तामाङसँग केहि समयअघि चिनजान भयो । फेसबुक म्यासेन्जरमार्फत दुबैको सम्बन्ध बाक्लिँदै गयो । बाक्लिएको सम्बन्धलाई प्रत्यक्ष भेटघाटमा बदल्न उनीहरुले नगरकोट घुम्न जाने योजना बनाए । ३२ वर्षे ती युवती र रमेशसँगै नगरकोट पुगे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर फेसबुकमा असल साथीको नाटक गरिरहेका रमेशले युवतीलाई नगरकोट पुगेपछि आफ्ना अन्य दुईजनाको सहयोगमा लुटे । प्रहरीका अनुसार रमेशको यो समूहले यही शैलीमा विगतमा पनि लुटपाट गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले धनमाल लुटपाट गरेको अभियोगमा अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार पक्राउ गरेपछि लुटपाटको यो नयाँ शैली खुलासा भएको हो । यो समूहले युवतीका गरगहना, मोबाइल र नगद लुटपाट गरेको छ । समूहमा रमेश, अनिष र अर्का एक जना रहेको प्रहरीले जानकारी दिएको छ । लुटपाटमा संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।