काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक, फरक दलको हुनुपर्ने भन्दै परेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै सदनमा छलफल गर्न नमिल्ने बताएका छन् ।

आज कांग्रेस सांसद लक्ष्मी परियारले सरकारले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्थालाई वेवास्ता गरेको भन्दै सदनको ध्यानाकर्षण गराएकी थिईन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि कांग्रेस सांसदहरुले यो मुद्दा उठाउँदै आएका थिए । तर, आज भने सभामुख महराले यस बिषयमा बोलेका हुन् ।  ‘सभामुख र उपसभामुखको विषयमा केही दिनदेखि माननिय सदस्यहरुले कुरा उठाइरहनुभएको छ’ सभामुख महराले भने , ‘यो विषय अदालतमा विचाराधीन रहेकाकाले यस सम्बनधमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउँदछु ।’

नेपालको संविधानको धारा १ सय ५ मा व्यवस्था भए अनुसार अदालतमा बिचाराधीन मुद्धाहरुका सन्दर्भमा न्याय निरुपणमा प्रतिकुल असर पर्ने भएका कारण यसमा छलफल गर्न नमिल्ने संविधानमा उल्लेख छ ।