दमक/ युवा संघमा आवद्ध रहेका दमकका शैक्षिक ब्याक्तित्व सुजन राइ संघीय समाजबादी फोरम पार्टीमा प्रवेस गरेकाछन् । उनि आइतवार एक कार्यक्रमबीच पार्टीमा प्रवेस गरेकाहुन् ।
फोरमका केन्द्रिय राजनीतिक समिति सदस्य प्रविण चाम्लिङले राइलाई पार्टीमा स्वागत गरेकाहुन् । पत्रकार सम्मेलन गरेर नै राइले एमाले छाडेको र फोरम प्रवेस गरेको जनाए । उनि केहि समययता युवा संघमा निष्क्रिय समेत रहदै आएका थिए । उनिसंगै अमर विश्वकर्मा, जीबन लावती र धनबहादुर थापा पनि फोरममा प्रवेस गरेकाछन् ।
केन्द्रिय नेता चाम्लिङले पहिचानलाइ स्थापित गर्न र जन अपेक्षा अनुसार अघि बढ्ने पार्टी फोरम नै भएकाले अहिले पार्टीमा आकर्षण बढेको बताएका थिए । उनले नयाँ आउनेहरु जिम्मेवारी प्रदान गर्दै अघि बढ्ने जनाए ।
प्रदेश समिति सचिवालय सदस्य कमन देवानले आफुहरुको पार्टीमा अन्य पार्टी छाडेर आउने क्रम बढेको जनाउदै फोरमले जनभावाना अनुरुप काम गर्ने बताए । उनने पार्टीको प्रथम महाअधिवेसन समेत चाडै हुनेभन्दै संगठन बिस्तारको अभियान तिब्र भइरहेको बताए । जिल्ला अध्यक्ष धीरेन लावती लगायत पनि बोलेका थिए ।










