काठमाडौं : नेपाली कांग्रेसकी नेतृ ओमदेवी मल्ल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई नेकपामा स्वागत गरेका हुन्।

राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्षसमेत रहेकी मल्ल संविधानसभामा कांग्रेसको तर्फबाट सभासद भएकी थिइन्। उनीसँगै अन्य तीनजना सहकारीकर्मीलाई नेकपामा प्रवेश गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मल्लले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकाले नेकपामा प्रवेश गरेको बताएकी छन्।

मल्लका साथमा सहकारीकर्मी विजयसुन्दर खड्का र रीता बराल नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, केशव वडाललगायतको उपस्थिती थियो। अन्नपूर्ण पोस्ट बाट