देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मोखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ, गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।

लाईसेन्सका अनलाईन आवेदन एकाएक रोकिएपछि कार्यालयमा आउने सयौँ सेवाग्राही त्यत्तिकै फर्किन बाध्य भएका छन् ।