दमक/लायन्स क्लवहरुले दमकमा आफ्नो सक्रियता बढाइरहेकाछन् । यसैक्रममा लायन्स क्लव अफ इस्र्टन लाइनले सोमबार अन्तराष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको सचेतना र्याली निकालेको छ । दमकमा बिहान सचेतना र्याली निकालेको हो ।

दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरेको र्यालीमा लायन्स रिजन चियर पर्सन प्रहर क्षेत्री, जोन चियरपर्सन रुद्र गौतम लगायतका स्थानीय क्लवका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । बिद्यालयका बिद्यार्थीहरु समेत र्यालीमा सहभागि थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इस्टर्नलाइनका अध्यक्ष बिमल शर्माले र्यालीमा सहभागिता जनाउने सबैप्रति धन्यवाद सहित आभार प्रकट गरको थिए । क्याम्पसमोडबाट शुरु भएको र्याली दमक चोकमा समापन भएको थियो ।