दमक/लायन्स क्लव अफ माउण्ट एभरेष्ट र युनाइटेडले संयुक्त रुपमा दमकको पृथ्वी माध्यमिक बिद्यालयका ५० जना बालबालिकाहरुलाइ एक कार्यक्रमबीच ब्याग तथा पानी खानका लागि प्रयोग गरिने बोतल प्रदान गरेको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यमा ब्याग सहित बोतल बितरण गरिएको हो । प्रमुख अतिथि अधिकारीले यस प्रकारको सेवात्मक कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गरेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माउण्ट एभरेष्ट अध्यक्ष चन्द्र गजमेरको अध्यक्षतमा भएको कार्यक्रममा लायन्स क्लवका रिजनल चियर पर्सन प्रहरी क्षेत्री, जोन चियर पर्सन रुद्र गौतम, युनाइटेडका अध्यक्ष उत्तम थापा, लायन्स क्लव अफ दमक स्टर्न लाइनका अध्यक्ष बिमल शर्मा, बिद्यालयका प्रअ बिष्णु राइ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष देउकुमार लिम्बु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स डा. सुर्यनारायण शाहले गरेका थिए ।