कैलाली । कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संगै आउँन लागेको मोटरसाईल ओभरटेक गरेर अगाडी बढ्ने क्रममा बसमा ठोक्कीएर ढलेपछि सो मोटरसाईकललाई बचाउँन खोज्दा बस पल्टिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।