बीबीसी

भारतको हरियाणास्थित मेवात इलाकामा एक गर्भवती बाख्रासँग सेक्स र बाख्राको मृत्युको खबरको निकै चर्चामा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना जुलाई २५ तारिखको हो तर चार दिनपछि मात्र यो चर्चामा आयो । मेवात पुलिसका प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो मामलामा एफआईआर दर्ता गरिएको छ ।

घटनाबारे जब पुलिसलाई थाहा भयो तब बाख्राको पोष्टमार्टम गराइयो । यद्यपी, पोष्टमार्टममा दुष्कर्मको पुष्टि भने भएको छैन ।

पोष्टमार्टममा मृत्युको कारण आन्तरिक चोट बताइएको छ । यसमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिस पिआरओ जितेन्द्रका अनुसार अहिले यसबारे अनुसन्धान चलिरहेको छ ।

तर जनावरसँग सेक्स... !

जनावरसँगको सेक्सलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को अर्थ पनि छ – अति क्रुर व्यवहार ।

अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै मानिस र जनावरबीचको यौनसम्बन्धलाई बेस्टिएलिटी भनिन्छ ।

नेशनल सेन्टर फर बायटेक्नोलोजी इन्फरमेशन अर्थात् एनसीबीआईको वेबसाइट अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु निकै गम्भीर मामला हो तर जनावरविरुद्ध हिंसाका जुन मामला दर्ता हुन्छन् त्यसमा यस्तो प्रकारको मामलाको प्रतिशत निकै कम हुन्छ ।

एनसीबीआई, रिसर्च जनरलमा प्रकाशित एक शोध अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ ।

यसको उद्देश्य शारिरिक सन्तुष्टि मात्र हो, कुनै भावनात्मक लगाव होइन । एनसीबीआईका अनुसार केही समूदायमा बेस्टिएलिटीलाई यौन संक्रमित रोगको उपचारको रुपमा हेरिन्छ ।

दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता मानिसहरु ‘स्याडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूर्ण रुपमा एक दिमागी अवस्था हो ।

डा. रैना बेस्टिएलिटी यसको दुई कारण बताउँछन् । एउटा त यौन कुण्ठा र दोस्रो सेक्सुअल फ्यान्टेसीका लागि ।

एक रिपोर्ट अनुसार बच्चाहरु पनि यस्तो घटनामा समावेश हुन्छन् जसलाई हल्का रुपमा हेर्न नहुने रैना बताउँछन् ।

यो भविष्यमा खतरनाक साबित हुनसक्छ । यस्ता मामलालाई धेरै पटक वास्ता नगरिने बारे पनि रिपोर्टमा जोड दिइएको छ ।

डा. रैना भन्छन्, ‘बेस्टिएलिटीका लागि धेरैपटक माहौल पनि जिम्मेवार हुन्छन् । परिवारमा सेक्सबारे खुलेर कुरा नहुने भएपछि सेक्सबारे थाहा पाउनका लागि जनावरको प्रयोग गर्ने गरिन्छ । ’

हरियाणाको यो घटनाले सबैलाई चकित त बनाएको छ तर यो घटना पहिलो भने होइन । अमेरिकाको उत्तरी–पूर्वी फ्लोरिडामा पशुमा हुने यौन हमलामा बाख्रालाई सबैभन्दा धेरै लक्षित गरिने बताएको छ ।

एनबीसीको रिपोर्टमा पनि एउटा यस्तै मामलाबारे जानकारी दिइएको छ जसमा एक १८ वर्षका युवकले आफैले पालेको दुई बाछीमाथि दष्कर्म गरे । दुईमध्ये एकको पछि मृत्यु भयो । पछि जब फोरेन्सिक अनुसन्धान भयो तब मानिसको वीर्य भेटियो ।

यद्यपी, जब ती युवकलाई पक्राउ गरियो तब उनलाई कुनै प्रकारको पछुतो थिएन । जनावरमाथिको दुष्कर्म युरोपेली देश नेदरल्याण्ड, फ्रान्स र स्विटजरल्याण्ड, डेनमार्कलगायत भारतमा पनि प्रतिबन्ध छ ।

यद्यपी, हंगरी, फिनल्याण्डमा अहिलेसम्म यस्तो क्रियाकपाल अपराध होइन । सन् २०११ मा डेनमार्क सरकारले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार १७ प्रतिशत जनावरका डाक्टर मान्छन् कि उनीहरुले जतिपनि जनावरको अहिलेसम्म उपचार गरे, तीमध्ये कम्तीमा एकलाई मानिसले दुष्कर्म गरेका छन् ।

के यो मनोविकार हो ?

एनसीबीको रिपोर्टलाई मान्ने हो भने यस्तो प्रकारको समस्या ती मानिसहरुलाई हुन्छ जसले एक असन्तुलित जीवनयापन गर्छन् ।

जसको बाल्यकाल घरेलु हिंसा र तनावबीच बितेको छ । यसका साथै जो बाल्यकालमा यौनहिंसाका शिकार भए, उनीहरुमा पनि यस्तो व्यवहारको आशंका बढ्ने गर्छ ।

मनोवैज्ञानिक डा. प्रविणका अनुसार असामान्य यौन गतिविधिलाई प्यारिफिलिया भनिन्छ ।

‘प्यारिफिलियाका विभिन्न प्रकार हुन्छन् । बेस्टिएलिटी यीमध्ये एक हो । असामान्य व्यवहार र रोगको मध्य भागमा बेस्टिएलिटी पर्छ । नेक्रोफिलिया यसको दोस्रो प्रकार हो जसमा कुनै व्यक्तिले मृतकसँग शारिरिक सम्बन्ध स्थापित गर्नेगर्छ ।’

के हुनसक्छ प्रमुख कारण ?

– बाल्यावस्थामा यौनबारे नराम्रो अनुभव

– एक्लोपना

– मानसिक विकार

के हो उपचार ?

डा. प्रविणका अनुसार यसका लागि अवर्सिस थेरापी दिइन्छ तर अहिले यो त्यति प्रचलनमा छैन ।

यो थेरापीमा व्यक्तिलाई कुनै जनावरसँग भएको महसुस गराइन्छ र त्यसपछि करेन्ट दिइन्छ । पछि यदि ती व्यक्तिले जनावरमाथि दुष्कर्म गर्नेबारे सोच्दा करेन्टको पीडा महसुस भएर आफैं जनावरसँग टाढा हुने गर्छ ।

उपचारको यो तरिका अहिले त्यति प्रचलनमा नभएपनि यस्ता व्यक्तिलाई विभिन्न तरिका अपनाएर उपचार गराइन्छ तर वास्तविकता यो हो कि कुनै पनि उपाय त्यति सफल भने हुन सकेको छैन ।

डा. प्रविणका अनुसार यस्तो घटना निकै कम हुने गर्छन् तर यसलाई रोगको रुपमा मात्र हेर्न भने मिल्दैन ।

पशुसँग सेक्स गर्ने कस्ता–कस्ता मानिसहरुः

– ह्यूमन–एनिमल रोल प्लेयर्सः जसले जनावरसँग कहिले पनि सेक्स गरेका छैनन् तर सेक्सको इच्छा हुँदा जनावरलाई लक्षित गर्छन् ।

– रोमान्टिक पशु–प्रेमीः यस्ता मानिसहरु जनावरलाई पाल्छन् र उनीहरु साइकोसेक्सुअलीतर्फ आकर्षित हुन थाल्छन् । यद्यपी, उनीहरु सेक्स भने गर्दैनन् ।

– असामान्य कल्पनाशील मानिसहरुः यस्ता मानिसहरु जो पशुसँगको यौन गतिविधिबारे सोच्छन् तर यस्तो कहिले पनि गर्दैनन् ।

– पशुसँग तीब्र चाहनाः यस्ता मानिसहरु पशुलाई स्पर्श गर्छन् । पशुलाई अंगालो हाल्छन् र छुन्छन् । उनीहरुले पशुको गुप्ताङ्ग पनि छुन्छन् तर सेक्स भने गर्दैनन् ।

– अति उत्साहीः यस्ता व्यक्तिहरु पशुको हरेक भागलाई हेर्छन् । कहिलेकाँही निकै कामूक तरिकाले हेर्छन् । यहाँसम्म कि पशुबीच हुने यौन गतिविधिका क्रममा उनीहरु अलि धेरै नै सक्रिय हुने गर्छन् ।

– क्रुर कामुकताः उनीहरु पशुलाई बलात्कार गर्छन्

– मौका हेर्नेः उनीहरु यौनका लागि साधारण हुन्छन् तर मौका पाउँदा पशुसँग पनि यौन क्रियाकलाप गर्न पछि पर्दैनन् ।

– नियमित पशुप्रेमीः यस्ता मानिसहरु पशुसँग सेक्स गर्न रुचाउँछन् । उनीहरु मानिससँगभन्दा पशुसँग नै सेक्स गर्न रुचाउँछन् ।

– हिंस्रकः उनीहरु सेक्सको क्रममा पशुको हत्यासमेत गर्छन् । यहाँसम्म कि उनीहरु पशु मरिसकेपछि पनि सेक्स गर्छन् ।

– एक्सक्लुसिभ पशु प्रेमीः यस्ता मानिसहरु पशुसँग मात्रै सेक्स गर्ने गर्छन् ।

एजेन्सी